Logo

आइटी क्षेत्रको कर्जामा सहजीकरण, आधार दरमा २ प्रतिशत विन्दुभन्दा थप प्रिमियम लिन नपाईने

आइटी क्षेत्रको कर्जामा सहजीकरण, आधार दरमा २ प्रतिशत विन्दुभन्दा थप प्रिमियम लिन नपाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइटी, पर्यटनलगायत क्षेत्रमा जाने २ करोडसम्मको कर्जामा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाईने व्यवस्था गरेको छ ।

चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसअघि लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्था गरेको थियो ।

अब कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरुमा पनि प्रवाह हुने २ करोडसम्मको कर्जामा उक्त सुविधा लागू हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL