Logo

१२ बजे मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, यस्तो छ तयारी

१२ बजे मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, यस्तो छ तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहान नै बैठक बस्ने बताइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार आज १२ बजे पत्रकार सम्मेलन गरेर नीति सार्वजनिक गरिनेछ ।

यसअघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीतिसम्बन्धी थप छलफलका लागि ढिलाई गरिएको थियो ।

यसअघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL