Logo

नेपालको पहिलो महिला मुख्यसचिव बनिन गड्तौला, भदौ १५ गतेसम्म मुख्यसचिव रहने

नेपालको पहिलो महिला मुख्यसचिव बनिन गड्तौला, भदौ १५ गतेसम्म मुख्यसचिव रहने



काठमाडौं । नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । उनले भने, ‘नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ ।’

यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन् । उनी उमेरहदका कारण अवकाश लिदैछिन् ।

यस्तै, उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको पनि जानकारी दिएका छन् । उनले भने, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको छ जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. शिवराज अधिकारी पाल्पा, सदस्यहरूमा डा .आरती विसार महोतरी, डा. रमेश प्रसाद सिंह धनुषा, डा.प्रकाश कुमार श्रेष्ठ अर्घाखाँची, श्रीमती गिता कुमारी पौडेल अधिकारी झापा, डा.जय बहादुर टण्डन अर्घाखाँची, गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL