Logo

मौद्रिक नीतिको अन्यौलताबीच ३२ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब माथि

मौद्रिक नीतिको अन्यौलताबीच ३२ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब माथि



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक २७ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको अन्यौलताको बीच नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ ।

धेरैजसोले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई खुकुले गर्ने नीति अबलम्बन गर्ने अनुमान गरेका छन् भने केहीले अहिलेकै अवस्थामा धेरै लचक नहुने भन्दै अहिलेकै अवस्थामा सेयर खरिद गर्न डराईरहेका छन् ।

तथापि साताको अन्तिम दिन अर्थात बिहिबार नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ । यसैगरी बजारमा कारोबार रकम पनि उच्च हुन पुगेको छ । बिहिबार १४ अर्ब १३ करोड रुपैयाँभन्दा माथिको सेयर खरिदबिक्री भएको छ । जसमा ३ करोड ५५ लाख कित्ता सेयर कारोबार भएको छ ।

बिहिबार बजारमा लघुवित्त र जलविद्युत समुहका कम्पनीको सेयरमा उच्च वृद्धि हुन पुगेको छ । उच्च बढ्न १० कम्पनीमध्ये ७ वटामा लघुवित्त रहेको छ भने एउटा जलविद्युत समुहको कम्पनी रहेको छ । तर दोहोरो अंकले बढेको बजारमा मितेरी डेभलपमेन्ट बैंक, माण्डु हाईड्रोमा भने गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL