Logo

डलरको मूल्य अहिलेसम्मकै उच्च, एक डलरका लागि १३४ रुपैयाँ २६ पैसा तिनुपर्ने

डलरको मूल्य अहिलेसम्मकै उच्च, एक डलरका लागि १३४ रुपैयाँ २६ पैसा तिनुपर्ने



काठमाडौं । नेपालमा अमेरिकी डलरको सटही मूल्यले आज अहिलेसम्मकै उच्च विन्दु छोएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ ।

नेपालबाट हुने आयात निर्यात अमेरिकी डलरमा हुने भएकाले डलर महँगो हुँदा आयातित वस्तुका लागि बढी मूलय तिनुपर्ने हुनाले यसले अर्थतन्त्रमा सीधा असर पर्ने गरेको छ । आयातका तुलनामा निर्यात कमजोर रहेकाले डलरको मूल्य बढदा नेपाललाई नोक्सान पुग्ने भएपनि नेपाल भित्रिने रेमिटयान्स भने डलरको मूल्य अनुसार बढनेछ ।

यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा बिक्री दर १७३ रुपैयाँ ३० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २३ पैसा बिक्री दर ८८ रुपैयाँ ६३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL