Logo

सौर्यको विमान दूर्घटना छानविन गर्न ५ सदस्यीय आयोग गठन, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाईने

सौर्यको विमान दूर्घटना छानविन गर्न ५ सदस्यीय आयोग गठन, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाईने



काठमाडौं । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले आज भएको सौर्य एयरलाईन्सको जहाज दूर्घटनाको छानविन गर्न दूर्घटना जाँच आयोग गठन गरेको छ । आगामी ४५ दिनमा दूर्घटनाको कारण र आगामी दिनमा दूर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यको सुझावसहित प्रतिवेदन बुझाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिसचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो ।

उक्त समितिमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सदस्य डा. सुदिप भट्टराई, श्री एयरलाईन्सका सदस्य सन्जय अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल छन् ।

यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी दिनमा हवाई दूर्घटना हुन नदिनका लागि वायुसेवा कम्पनीले उडानपूर्व जहाजको उचित जाँच गर्ने र त्यसको प्राधिकरणले सघन अनुगमन गर्ने निर्णयसमेत गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले जहाज दूर्घटना भएको शोकमा बहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्