Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान सौर्य एयरलायन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठक बेलुका ५ बजे बस्दैछ । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको छानबिन गर्ने बताएका थिए । सोही प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । बैठकमा ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नेछन् ।

दुर्घटनालगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुगेका थिए । विमानस्थलको निरिक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्