Logo

जहाज दुर्घटना अपडेट : क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगियो, यात्रुको उद्धार प्रयास जारी

जहाज दुर्घटना अपडेट : क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगियो, यात्रुको उद्धार प्रयास जारी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । ९ एनए एमई कलसाइनको उक्त जहाजमा लागेको आगो अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको स्रोतले जनाएको छ। विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

यसैबीच जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अन्य यात्रुको उद्धार प्रयास जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL