Logo

सौर्यको जहाज दुर्घटना भएपछि बिमानस्थल बन्द, सबै उडान तथा अवतरण ठप्प

सौर्यको जहाज दुर्घटना भएपछि बिमानस्थल बन्द, सबै उडान तथा अवतरण ठप्प



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ ।

केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् । यद्यपि सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । अझै केही समय अडान तथा अवतरण बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL