Logo

उपत्यकामा भेटियो हैजा, सतर्क रहन आग्रह

उपत्यकामा भेटियो हैजा, सतर्क रहन आग्रह



काठमाडों । काठमाडौं उपत्यकामा फेरि हैजाका बिरामी भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार ललितपुरको गोदावरी नगरपालिकाका १६ वर्षीय बालकमा हैजा संक्रमण पुष्टि भएको हो। हाल उनको अस्पतालको क्याविनमा उपचार भइरहेको उनले बताए।

त्यस्तै सोही स्थानबाट आएका अर्का एक जना संकास्पद बिरामीको पनि हाल आइसियुमा राखेर उपचार भइरहेको छ ।

वर्षातको मौसम सुरु भएसँगै दूषित पानीका कारण पछिल्ला दिन टेकु अस्पतालमा झाडापखलाका बिरामी बढ्दै गएका छन्। काठमाडौंमा यसअघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो। त्यस समयमा सुरुमा बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण पुष्टि भएको थियो।

त्यसपछि बूढानीलकण्ठ, कालिमाटीलगायतका स्थानमा गरेर ७७ जना हैजाका बिरामी पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्