काठमाडौं । गैंडाकोटस्थित मौलाकाली केबलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको छ । मौलाकाली केबलकार लिमिटेडले एक विज्ञप्ती जारी गर्दै हरेक सोमबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुटको अफर ल्याएको हो ।
धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रसिद्ध माता मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने तय गरिएको छ । सोही महाआरतीलाई लक्षित गरी कम्पनीले केबलकारमा छुट अफर ल्याएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।
यस अफरले साँझपख मन्दिरमा गई महाआरतीमा सहभागि हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । साउन महिनामा महाआरतीको लागि साँझ ५ बजेदेखि राति ८ बजेसम्म केबलकार संचालन हुनेछ । छुट अफर अवधिमा टिकट मूल्य २७५ रुपैयाँ रहनेछ ।