Logo

एकै बर्ष २ खर्ब नाघ्यो लगानी प्रतिवद्धता, असारमै सवा ११ अर्बको प्रतिवद्धता

एकै बर्ष २ खर्ब नाघ्यो लगानी प्रतिवद्धता, असारमै सवा ११ अर्बको प्रतिवद्धता



काठमाडौं । गएको आर्थिक बर्ष नेपालमा उद्योगमा लगानी प्रतिवद्धता २ खर्ब रुपैयाँ नाघेको छ । उद्योग विभागले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्ष साउनदेखि असार मसान्तसम्म नेपालमा स्वदेशी लगानीकर्ताहरुले २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका हुन् ।

विभागका अनुसार यस अवधिमा ४ सय ३४ परियोजनामार्फत उक्त लगानी प्रतिवद्धता आएको हो ।

गत आर्थिक बर्षभरी नेपालमा ४९ ठुला, ५२ मझौला र ३ सय ३३ साना लगानीका परियोजना उद्योग विभागमा दर्ता भएका छन् । यसरी दर्ता भएका उद्योगहरु संचालमा आएको खण्डमा २५ हजार ५ सय ५१ जनाले रोजगारी पाउने देखिएको छ ।

यसै अवधिमा नेपालमा विदेशी लगानीको भने ६८ अर्ब ७८ करोड रुपैयाँ बराबरको प्रतिवद्धता जाहेर भएको छ । यो लगानी प्रतिवद्धता ४ सय २ परियोजनामार्फत आएको हो ।

यसरी आएको वैदेशिक लगानीका परियोजनाहरु संचालमा आएको खण्डमा थप १९ हजार ५ सय जनाले रोजगारी पाउने उद्योग विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL