Logo

त्रिशूली नदीमा बस वेपत्ता : सिमलतालदेखि घुमाउने-केराबारीसम्म आज दोहोर्‍याएर खोजिंदै

त्रिशूली नदीमा बस वेपत्ता : सिमलतालदेखि घुमाउने-केराबारीसम्म आज दोहोर्‍याएर खोजिंदै



काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको आज (मंगलबार) १२ औं दिन पनि खोजी चलिरहेको छ । नेपाली प्राविधिले मात्र सफल नभएपछि नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले आइतबारदेखि निरन्तर खोजी गरिरहेको छ ।

आज बिहान घटनास्थलदेखि केराबारीसम्म दोहोर्‍याएर खोजी गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यस क्षेत्रमा यसअघि पनि पटक–पटक खोजी गरिएको थियो । उक्त क्षेत्रमा प्राविधिक रुपमा केहि शंकास्पद रहेका कारण दोहोर्‍याएर खोजी गर्न लागिएको यादवले जानकारी दिए ।

यसअघि सिमलतालबाट साढे तीन किलोमिटरको दूरीमा रहेको घुमाउनेबाट देवघाटसम्मको १६ किलोमिटर, देवघाटबाटदेखि काभ्रेघाट क्षेत्रमा नेपाल र भारतका दक्ष गोताखोर टोलीले खोजी गरिसकेका छन् । भारतको राष्ट्रिय आपदा मोचन बलबाट आएका १२ जनाको प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न छ ।

घटनामा बेपत्ता यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव भेटिएकोमा १९ जनाको शव सनाखत भएर परिवारको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । सनाखत भएका शवमध्ये १४ जना नेपाली नागरिकका छन् । शव भेटिएकामध्ये २१ जना पुरुष र ४ जना महिला छन् । सनाखत भने १६ पुरुष र तीन जना महिलाको मात्र भएको छ । असार २८ गते दुईवटा बस दुर्घटना हुँदा ६२ यात्रु बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL