Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस



काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकास पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो।

हाल कार्यरत डीआईजीको बरियतामा पनि उनी नै पहिलो नम्बरमा थिए । बढुवा समितिले बरियता अनुसार नै सिफारिस गरेको हो । यसअघि उक्त कोटामा पोषराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको थियो । तर उनलाई अवकासको अघिल्लो दिन बढुवा गर्ने प्रयास सरकार परिवर्तनले सफल भएन। उनी डीआईजीमै अवकास भइसकेका छन् ।

एआईजी भए पनि उनी २१ गतेबाट अवकास हुने थिए । उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका जोशी उमेर हदका कारण आगामी कात्तिक १८ गते अनिवार्य अवकास हुनेछन् । जोशी एआईजीमा बढुवा सिफारिस भएसँगै नेपाल प्रहरीमा दुई जना डीआईजीको दरबन्दी रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL