Logo

विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन, भारत र चीनको समेत सहभागिता

विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन, भारत र चीनको समेत सहभागिता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्का अध्यक्ष पुष्पकमल दाहालले उक्त समिति गठन गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत संयोजक रहने गरी गठन गरिएको समितिमा चीन, भारत, विश्व बैंक, एसियाली विकास बैंकका एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।

यसैगरी, नेपालस्थित अन्य अन्तरराष्ट्रिय विकास साझेदार संस्थाहरुको समूहबाट २ जना सदस्य, उद्योग वाणिज्य महासंघको अध्यक्ष वा प्रतिनिधि, गैर सरकारी संस्था महासंघ नेपालको अध्यक्ष वा प्रतिनिधि, अन्तररष्ट्रिय गैर सरकारी संस्थाहरुको संघ नेपालको अध्यक्ष वा प्रतिनिधि सदस्य रहनेछन् । समितिको सदस्य सचिवमा भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रहनेछन् ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव वा तोकिएको प्रतिनिधि, अर्थ मन्त्रालयको सचिव वा तोकिएको प्रतिनिधि, परराष्ट्र मन्त्रालयको सचिव वा तोकिएको प्रतिनिधि, राष्ट्रिय योजना आयोग सचिव वा तोकिएको प्रतिनिधि र महालेखा नियन्त्रक वा तोकिएको प्रतिनिधिलाई आमन्त्रित गरिनेछ ।

समितिले आवश्यकतानुसार परामर्श परिषद्, निर्देशक समिति वा कार्यकारी समितिका पदाधिकारी वा सदस्यहरु एवं अन्य संबद्ध व्यक्ति तथा निकायहरुलाई आमन्त्रण गर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्