Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घट्दै प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकाे छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्