Logo

फिस्लिङमा पहिरो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

फिस्लिङमा पहिरो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध



काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान बिहान ४ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

सडक खुलाउने कार्य भइरहेको छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक–दुई घण्टा लाग्ने अनुमान छ । बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL