Logo

बृहत ग्रूप दशौं वर्षमा, रक्तदानदेखि सरसफाइ र रङरोगनसम्म

बृहत ग्रूप दशौं वर्षमा, रक्तदानदेखि सरसफाइ र रङरोगनसम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रियल इस्टेट क्षेत्रको व्यवसायिक समूह बृहत ग्रूप दशौं बर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले स्थलगत भ्रमण, सरसफाइ तथा रङरोगन तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले कात्तिक २, ३ र ४ गते विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । जसमा कात्तिक २ गते कम्पनीका सदस्यहरुको सहभागितामा खोकनास्थित स्तुपा परिसर सरसफाइ तथा रंगरोगन र कात्तिक ३ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा ५३ जनाले सहभागिता जनाएका थिए । बृहतले आफ्नो स्थापनाको पहिलो वर्षदेखि नै हरेक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसैगरी कात्तिक ४ मा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्दै ‘वृहत दिवस’ मनाएको छ ।

नेपाली रियल इस्टेट क्षेत्रका अग्रणी व्यवसायी ओम राजभण्डारीको नेतृत्वमा संचालित बृहत ग्रूपअन्तर्गत हाल बृहत इन्भेष्टमेन्ट्स, बृहत डेभलपर्स एण्ड बिल्डर्स, पायोनियर बिल्डर्स एण्ड डेभलपर्स, बृहत प्रोपर्टी सोलुसन्स, स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरु संचालित छन् ।

रियल इस्टेटसँग प्रत्यक्ष सम्बन्धित काम गर्ने यी पाँच कम्पनीबाहेक बृहत ग्रूपअन्तर्गतको सबैभन्दा पछिल्लो कम्पनी ‘अन्तरप्रेरणा’ भने उद्यमशील व्यक्तिलाई व्यवसाय संचालन तथा सफलताका लागि आवश्यक वित्तिय सहायतादेखि व्यवस्थापन, मेन्टोरशीप, व्यवसाय अभिबृद्धि लगायतमा सघाउँदै नेपालमा उद्यमशीलता विकास र युवा उद्यमीहरु उत्पादन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष राजभण्डारीले बृहत ग्रूप अबका दिनमा बृहत प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहने बताए । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टिमेन्स फ्रि आवास आदि कुराहरुको उत्कृष्ट संयोजन हुनेछ उनले जानकारी दिए । साथै, ग्रूपले आफ्नो मावन संसाधन (एचआर) को क्षमता विकासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको पर्फमेन्स उच्च बनाएर लैजाने नीति अबलम्बन गरेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्