Logo

तिहार लक्षित गोदावरी मेलाको तयारी पुरा, ४२ वटा स्टल रहने

तिहार लक्षित गोदावरी मेलाको तयारी पुरा, ४२ वटा स्टल रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कार्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पुरा भएको छ । मेलाको फ्लोरिकल्चर एसोशिएसन नेपालले आयोजना गर्न लागेको हो । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा ललितपुरको जावलाखेल खेल मैदानमा ४ दिन सम्म चल्ने छ ।

१० औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी पुरा भइसकेको फ्यान उपाध्यक्ष तथा मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिए ।
दिपावली तथा छठ पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहने छ । मेलामा व्यबसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा र सूचनामुलक ३ रहेका छन् ।

सहभागी व्यवसायी वीच इन्कर्भ, रिफ्लेक्स, स्पाइडर र मिनियचर बिधामा प्रतिश्पर्धा गराइ बिजयी हुनेलाई नगद, शील्ड तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रतिश्पर्धाले ब्यबसायीलाई हौसला प्रदान गर्ने र पुरस्कारले सम्मान पाउने बताए ।

रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागेको फ्यानको मुख्य उद्देश्य तिहार पर्बको आकर्षणको रुपमा रहेको गोदावरी फूलको ब्यबसाय प्रवद्र्धन गर्नु रहेको छ ।

मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प ब्यबसायको बिकास, बिस्तार तथा प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पुगेको फ्यानका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए । साथै नेपाल बाताबरणीय बिबिधता तथा तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प ब्यबसायको बिकास तथा प्रबद्र्धनको सम्भाबना प्रचुर रहेको जानकारी दिए ।

यो कार्यक्रम नेपाल सरकार कृषिबिकास मन्त्रालयको पुष्प प्रवद्र्धन नीति कार्यान्वन कार्यक्रम अन्तर्गत संचालन भएको हो । कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब डा. रुद्रबहादुर श्रेष्ठले पुष्प क्षेत्रमा आयात प्रतिस्थापन गर्न नेपाल सरकारले अनुदान सहयोग गर्दै आइरहेको र यसको नतिजाका लागि समय लाग्ने बताए ।

आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्प ब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ । हाल सम्म ३९ जिल्लामा यसको कारोबार हुदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्