Logo

न्यूरोड फुटपाथ विस्तार विवाद : ३२ वटै वडा अध्यक्षको ऐक्यवद्धता, चीनकाजी महर्जनले सडकबाटै थाले काम

न्यूरोड फुटपाथ विस्तार विवाद : ३२ वटै वडा अध्यक्षको ऐक्यवद्धता, चीनकाजी महर्जनले सडकबाटै थाले काम



काठमाडौ+ । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।

यसअघि शुक्रबार महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका ३२ वटै वडाका वडा अध्यक्षहरुले ऐक्यवद्धता जनाएका छन् ।

त्यस्तै कामनपा-२२ का वडा अध्यक्ष चीनकाजी महर्जनले सडकमै टेबुल कुर्सी राखेर काम गरिरहेका छन् । वडा अध्यक्षहरुसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्यूरोडक्षेत्रबाट फर्किएको छ ।

स्थानीयसहितका वडा अध्यक्षहरुले न्यूरोडको सडक साघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् । यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको यो । त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL