Logo

आईएमई उपहार योजनाको तेस्रो र चौथो हप्ताको विजेता घोषणा, शेर्पा र श्रेष्ठले पाए यूएम स्कुटी

आईएमई उपहार योजनाको तेस्रो र चौथो हप्ताको विजेता घोषणा, शेर्पा र श्रेष्ठले पाए यूएम स्कुटी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई लिमिटेडले दशैंलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ विजेता बनेका छन् ।

कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ का विजेता दुवैले क्रमशः नेपाली रुपैयाँ २०, ६०९ र २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्ने बताइएको छ ।
पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले प्राप्त गर्नसक्नेछन् ।
फेसबुक लाईभ मार्फत सार्वजनिक गरिएको कार्यक्रममा आईएमईका फाईनान्स कन्ट्रोलर दीपक शर्मा र वरिष्ठ प्रवन्धक खिलेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।
असोज १ देखि ३०सम्म एक महिना संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १ सय४७ आईएमई सेन्टर सहित ५हजार २ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी थिए ।
यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्