Logo

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १८ सय १० रुपैयाँमा झरेको छ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्