Logo

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै



काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारीले बताए ।

उनले भने, ‘नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ । अनि धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन । विषेशगरि गुरु पूर्णिमाको दिन भनेको सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको अवसरमा मनाइँदै आएको छ । र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएका कारणले पनि यस दिनलाई गुरुहरूप्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको छ ।’

हिजोको दिनमा विश्वमा लिखित संविधानहरू नबनिसकेको अवस्थामा समाज परिचालन गर्ने गुरुहरू र वेद व्यासका रचनाहरूको सम्मान गर्न अति जरुरी रहेको ज्योतिष अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्