Logo

प्रधानमन्त्रीको निर्देशनपछि पनि उद्योगको काटिएको लाइन जोड्न प्राधिकरणको अस्वीकार

प्रधानमन्त्रीको निर्देशनपछि पनि उद्योगको काटिएको लाइन जोड्न प्राधिकरणको अस्वीकार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पनि नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न अस्वीकार गरेको छ। शुक्रबार मात्र प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोडिदिन निर्देशन दिएका थिए ।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकले लाइन नजोड्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएका थिए ।

प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको विरोधका बिच प्राधिकरणले लाइन काट्ने अभियान सुरु गरिसकेकोमा सरकार परिवर्तन भएसँगै ओलीले उद्योगीको पक्षमा हुने गरी निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL