Logo

संसद भवनको निर्माण ढिलाई : सभामुख घिमिरेले गरे उपप्रधानमन्त्री सहित अधिकारीहरुसँग छलफल

संसद भवनको निर्माण ढिलाई : सभामुख घिमिरेले गरे उपप्रधानमन्त्री सहित अधिकारीहरुसँग छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भइरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । 

अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL