Logo

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजारले घटेकाे छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर १ लाख ४७ हजार ५ सयमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १८ सय ३० रुपैयाँमा झरेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्