Logo

ताप्लेजुङ फक्ताङलुङमा पहिरो : मोटरसाइकलहरु पुरिए, लेदोले भरियो पालिका कार्यालय

ताप्लेजुङ फक्ताङलुङमा पहिरो : मोटरसाइकलहरु पुरिए, लेदोले भरियो पालिका कार्यालय



काठमाडौं । लगातारको वर्षासँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा बिहीबार राति पहिरो गएको छ । गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्‍याएको सो वडाका अध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् ।

‘भाडामा रहेको पालिका भवनसहित अन्य दुई वटा घरमा पहिरोको लेदो पसेको छ । केही मोटरसाइकल पुरेको छ । स्थानीयको मकैलगायतका बालीनालीमा क्षति पुर्‍याएको छ’, उनले भने, ‘मानवीय क्षति भए भएको छैन ।’ पहिरोले तापेथोक हुँदै लेलेप–ओलाङचुङगोला जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

वडाध्यक्ष लिम्बूका अनुसार बेलुका आठ बजेदेखि परेको मुसलधारे पानी राति दुई बजे मात्र रोकिएको थियो । त्यसपछि ३ बजेतिर खसेको पहिरो तमोर नदीसम्म नै पुगेको छ । फक्ताङलुङ गाउँपालिका–२ मा गत जेठ ३१ गते राति गएको पहिरोले एकै घरका ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL