Logo

कुसोमको रोजगार मेला सुरु हुँदै, सहभागिताका लागि ३ गतेसम्म दर्ता गर्नुपर्ने

कुसोमको रोजगार मेला सुरु हुँदै, सहभागिताका लागि ३ गतेसम्म दर्ता गर्नुपर्ने



काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) प्लेसमेन्ट सेलले यही साउन २४ र २५ गते रोजगार मेला गर्ने भएको छ ।

कुसोम जब तथा इन्टर्नसिप फेयर (केजेआईएफ) ललितपुरको बालकुमारीस्थित कुसोम परिसरमा हुनेछ । विद्यार्थी र रोजगारदातालाई एउटै मञ्चमा ल्याउन यसपालि पनि मेलालाई निरन्तरता दिन लागेको कुसोम प्लेसमेन्ट सेलले जनाएको छ ।

कम्पनीका अनुसार मेलाले विद्यार्थीलाई आफ्नो क्षमता र दक्ष प्रदर्शन गर्न तथा कम्पनीको प्रत्यक्ष सम्पर्कमा आउन अवसर प्रदान गर्नेछ । मेलामा कुसोमका स्नातक र स्नातकोत्तर विद्यार्थीले प्रतिष्ठित कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघा गर्ने अवसर पाउनेछन् । विद्यार्थीलाई करियरको सही सुरुवात गराउनु र कम्पनीहरुलाई प्रतिभाशाली कर्मचारी चयनमा सहयोग गर्नु मेलाको मुख्य उदेश्य रहेको छ ।

मेलामा सूचना प्रविधि, उत्पादन, बैंकिङ, अर्थशास्त्र लगायत विभिन्न क्षेत्रका कम्पनीको सहभागिता रहनेछ। सिप्रदी ट्रेडिङ, इन्फोडेभलपर्स, वरुण बेभरेजेस, लिपफ्रग, बिजनेस ब्रेन्ज जस्ता कम्पनी सहभागी हुने सुनिश्चित भइसकेको छ। इच्छुक कम्पनीले मेलामा सहभागिताका लागि साउन ३ गतेसम्म दर्ता गराइ सक्नुपर्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL