Logo

पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन

पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन



काठमाडौं । पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ । बिहीबार बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । उनी द्वारिकाज होटेलकी सञ्चालक तथा नेपालस्थित स्पेनको महावाणिज्य दूतावासको प्रमुखको रुपमा थिईन् ।

उनले महामहिम राजा जुआन कार्लोस प्रथम (स्पेन) बाट क्रस अफ द अर्डर अफ सिभिल मेरिटको अलंकार प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्