Logo

तिङ्कर नाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

तिङ्कर नाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो



काठमाडौं । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सीमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् ।

कोरोनाकालदेखि बन्द रहेको तिङ्कर नाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL