Logo

प्रधानमन्त्री ओलीले साउन ६ गते संसदबाट विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते संसदबाट विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो ६ गते विश्वासको मत लिने भएका छन् । सोबारे बुधबार आन्तरिक छलफल भएको थियो ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथ ग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ ।

आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेका हुन् । ६ गते विश्वासको मत माग्नेबारे छलफल भए पनि टुंगोमा पुगिनसकेको स्रोतले बतायो ।

प्रधानमन्त्रीले ६ गते संसदबाट देशवासीका नाममा संवोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL