Logo

कोरला नाकामा एकीकृत भवन निर्माण, सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन सहज

कोरला नाकामा एकीकृत भवन निर्माण, सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन सहज



काठमाडौं । गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ ।

गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि रु ४० लाख २५ हजारको लागतमा एकीकृत भवन निर्माण गरिएको हो ।

सीमा क्षेत्रमा सुरक्षा र राजस्व सङ्लन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि–फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव–इञ्जिनीयर कमल पहारीले जानकारी दिए ।

कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL