Logo

रसुवाको राजस्व राजस्वमा उल्लेखनीय वृद्वि, २० अर्ब ३६ करोड उठ्यो

रसुवाको राजस्व राजस्वमा उल्लेखनीय वृद्वि, २० अर्ब ३६ करोड उठ्यो



काठमाडौं । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ ।

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्वि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL