Logo

सिजीको दुई नयाँ मोवाइल बजारमा, मूल्य ११ हजार र ९ हजार ६ सय

सिजीको दुई नयाँ मोवाइल बजारमा, मूल्य ११ हजार र ९ हजार ६ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजि मोवाइलले इओन ब्लेज ६ दशमलव ० र इओन व्लेज प्रो सार्वजनिक गरेको छ । जसमध्ये इओन व्लेजमा ६ इन्चको एचडी आइपीएस डिस्प्ले छ । त्यस्तै यसमा भएको ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सलको रियर क्यामेराले जिवन्त तस्विर कैद गर्न मद्धत गर्छ ।

यो एण्ट्रोइड मार्समालो भर्सनमा आधारित छ । २८०० एमएएच व्याट्रि भएको यस फोनमा १ दशमलव ३ गिगाहर्जको कोर प्रोसेसर १६ जिवीको रोमलगायत सुविधा छन् । त्यस्तै मेटालिक कभर भएकोयसको बजार मूल्य ११ हजार १ सय तोकिएको छ ।

त्यसैगरी व्लेज प्रोमा १३ मेगापिक्सलको अटो फोकस रियर र ५ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । ५ दशमलव ५ इन्चको डिस्प्ले, २४ सय एमएएच व्याट्रि तथा १ जीवी र्याम यो फोनको विशेषता हुन् । यसको बजार मूल्य ९ हजार ६ सय ९९ छ ।

प्रतिक्रिया दिनुहोस्