Logo

सुनको मूल्य डेढ लाख नजिक, एकैदिन प्रतितोला २ हजारको वृद्धि

सुनको मूल्य डेढ लाख नजिक, एकैदिन प्रतितोला २ हजारको वृद्धि



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला डेढ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यसअघि मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्