Logo

प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटारमा भीड, ओलीले भने–भेटेरभन्दा म्यासेन्जरमा बधाइ दिनु उत्तम

प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटारमा भीड, ओलीले भने–भेटेरभन्दा म्यासेन्जरमा बधाइ दिनु उत्तम



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । ओलीले सामाजिक सञ्जाललमा आज बिहान एक स्टाटस लेख्दै भनेका छन्, ‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाइका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु ।’

गत सोमबार ४५औं प्रधानमन्त्री बनेका ओलीलाई शुभेच्छुकहरु बधाइ दिन बालुवाटार पुगेका छन् । मंगलबार दिनभर पनि उनी बधाई थाप्नै व्यस्त रहे । देशको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा चहलपहल बढेको छ । सोमवार नयाँ सरकार गठन भएसँगै अघि, पछिको तुलनामा चहलपहल निक्कै बढेको थियो ।

प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीचको सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पहिलो दिन सोमवार नै मन्त्रिपरिषद्ले पूर्णता पायो । लगत्तै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार पुग्नेको लर्को लाग्न थालेको हो । सिंहदरबार परिसरमा हिजो दिनभर नै भीड थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL