Logo

अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह शुरु, सामान्य सावधानी अपनाए आगलागीबाट बच्न सकिने

अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह शुरु, सामान्य सावधानी अपनाए आगलागीबाट बच्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले आगलागी क्षतिन्युनी करणका कार्यक्रम नियमित सञ्चालन हुन जरुरी रहेको बताए । आगोको गुण पहिचान गरेर सही उपयोग गरे यसबाट लाभहुने अन्यथा आगो जनधन क्षतिको कारण हुने भन्दै यस्ता सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

शनिबारबाट शुरु भएको अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह २०७३ को शुभारम्भ गर्दै उनले सप्ताह अन्तर्गत तिहार लक्षितकार्यक्रम हुने भए पनि महानगरले अग्निजन्य प्रकोप व्यवस्थापनमा सदैव काम गरिरहेको जानकारी दिए । विगत आगलागीका घटना विश्लेषण गर्दै तामाङ्ले सामान्य सावधानी अपनाए आगलागीको सम्भावित ठूलो क्षतिबाट बच्न सकिने बताए । ‘तर ती सामान्य मानवीय आचरणमा पनि मानिसको सजगता पुगेको छैन’ उनले भने ।

तिहार वत्तीसँग सम्बन्धित पर्व भएकोले उल्लाससँगै सावधानी पनि चाहिने जुद्ध बारुण यन्त्रकार्यालय काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले बताए । साथै त्यही सावधानीका लागि सहरबासीलाई सचेत गराउन पहिलो पटक यस प्रकारको सप्ताह मनाएको जानकारी दिए ।
DSC_0068

सप्ताह शुभारम्भका अवसरमा अग्निनियन्त्रक तथा अग्निनियन्त्रक स्वयम्सेवक, नेपालप्रहरी, नेपाल रेडक्रस, नेपाल स्काउट, वडा स्तरीय विपत् व्यवस्थापन समिति, स्थानीयक्लवतथा संघ संस्था गरी ४१ वटा संघ संस्थाको सहभागिता थियो ।

सोहीअवसरमा जुद्ध बारुण यन्त्रकार्यालय, धर्मपथबाट शुरु भएको जनचेतनामुलक ¥याली, ओमबहाल, मरु गणेश, यट्खा, नरदेवी, बाङ्गेमुढा, इन्द्रचोकहुँदै पुनधर्मपथमाआएर समापन भएको थियो ।

गत तिहारमा एकै दिनमा १० वटासम्म आगलागीका घटना भएका र ती घटना हुनुमा सामान्य मानवीय त्रुटी भएकाले यस प्रकारको चेतना अभिवृद्धि कार्यक्रम क्षति न्युनीकरणमा प्रभावकारी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्