Logo

पुनः ऐतिहासिक उचाईमा सुनको मूल्य, मंगलबार प्रतितोला ९ सयको वृद्धि

पुनः ऐतिहासिक उचाईमा सुनको मूल्य, मंगलबार प्रतितोला ९ सयको वृद्धि



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा पुगेको छ । एकैदिन प्रतितोला ९ सय रुपैयाँले बढ्दै सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हाे । यसअघि नेपाली बजारमा सोमबार सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १८ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्