Logo

नेपालमा रेलमार्ग बनाएर आफु सुरक्षित हुने भारतको रणनीति, ‘चिकेन नेक’ मा निर्भरता घटाउन बिहार र बंगाललाई बिराटनगरबाट जोडने

नेपालमा रेलमार्ग बनाएर आफु सुरक्षित हुने भारतको रणनीति, ‘चिकेन नेक’ मा निर्भरता घटाउन बिहार र बंगाललाई बिराटनगरबाट जोडने



काठमाडौं । भारतले नेपाल हुँदै रेलमार्ग बनाएर बिहारलाई बंगालसँग जोड्ने योजना बनाएको छ । यस योजनामा भारतले छिमेकी मुलुक नेपालको विराटनगर हुँदै बिहारको जोगबनीलाई बंगालको न्यू मल जंक्शनसँग जोड्न रेलवे लाइन निर्माण गर्ने भएको छ ।

यस रेलवे लाइनको मुख्य उद्देश्य उत्तरपूर्वी भारतसँग जोड्ने सिलगढी करिडोरमा निर्भरता कम गर्नु हो । यो करिडोरलाई ‘चिकेन नेक’पनि भनिन्छ । भारतीय रेलवेले यसअघि बंगलादेशमा पनि यस्तै उद्देश्यका लागि ट्रयाक निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो ।

एक रिपोर्टअनुसार भारतीय रेलवेले फाइनल लोकेशन सर्भेको लागि विराटनगर र न्यू मल जंक्शनबीचको १९० किलोमिटर मार्गलाई स्वीकृत गरेको छ । प्रस्तावित गलगलिया (बिहार)–भद्रपुर (नेपाल)–काजली बजार (नेपाल) खण्डमा थप १२.५ किलोमिटर नयाँ रेलमार्गको आवश्यकता पर्नेछ । जोगबनी–विराटनगर ब्रोडगेज खण्डमा भारतमा १८ दशमलव ६ किलोमिटर र नेपालमा १३ दशमलव १५ किलोमिटर ट्रयाक हुनेछ । नेपाल सरकारले छिट्टै यो क्षेत्र आफ्नो नियन्त्रणमा लिने रिपोर्टमा छ । यसबाहेक बाँकी भागमा काम भइरहेको छ ।

‘चिकन नेक’ मा निर्भरता घटाउने प्रयास

भारतलाई पूर्वोत्तरसँग जोड्ने हाल सञचालनमा रहेका सबै रेल मार्गहरू इस्लामपुरको आलुबारी रोड हुँदै जान्छ । यो नेपाल र बंगलादेश बीचको २२ किलोमिटर चौडा क्षेत्र ‘चिकन नेक’ मा पर्छ । आलुबारीबाट रेलहरू नयाँ जलपाईगुडी जंक्शन वा सिलिगुडी जंक्शनतर्फ जान्छन् । एनएफआर सीपीआरओ सब्यसाची डे भन्छन् कि भारतीय रेलवेले ‘चिकन नेक’ खण्डमा निर्भरता कम गर्न बंगलादेश र नेपाल हुँदै नयाँ रेलमार्ग जोडन मार्गहरूको लागि १४ एफएलएस स्वीकृत गरेको छ ।

सिलगढी कोरिडोर वा ‘चिकेन नेक’को ठूलो रणनीतिक महत्व छ । चीनको लामो समयदेखि ‘चिकन नेक’ मा नजर रहेको भारतको दाबी छ । चिकन नेक भारतको पूर्वी राज्यहरूको एकमात्र प्रवेशद्वार हो । यो सानो क्षेत्रको नियन्त्रणले भारतलाई यी राज्यहरूबाट अलग गर्न सकिन्छ । यस्तोमा ‘चिकेन नेक’मा निर्भरता घटाउन भारतले नेपालबाट रेलमार्ग बनाउन जोड दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL