Logo

दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै, १० गते देखि शुरु

दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै, १० गते देखि शुरु


बिजखबर संवाददाता
0
Shares

“रोपेर फूल गोदावरी, सजाऔं घर आागन वरिपरि” भन्ने नाराका साथ फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा दशौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलमा हुने भएको छ ।

प्रदर्शनी कार्तिक १० देखि १३ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा गर्न लागेको फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने लक्ष्यका साथ प्रदर्शनी गर्न लागिएको हो ।

प्रदर्शनीबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास फ्यानले लिएको छ ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शुरु भएको हो । आर्थिक वर्ष २०७२र७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७५ पुष्प र्फमरनर्सरीहरु बिस्तार भईसकेको छ ।

हाल१ सय४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४१ हजार भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रति र रोजगारी पाएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्