Logo

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी, ६ हजार २२ जनाले तालिम सम्पन्न गरे

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी, ६ हजार २२ जनाले तालिम सम्पन्न गरे



काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएका छन् । काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी गराएका छन् ।

‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो,’ मेयर बालेनले भनेका छन् ।

मेयर बालेनले यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन् ।

‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको,’ मेयर बालेनले सामाजिब सञ्जालमार्फत भनेका छन् । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार-स्वरोजगार भएको पनि मेयर बालेनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL