काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ मन्त्रिपरिषदले ३ सय दिनमा त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई सुविधा सम्पन्न बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषदको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ ।
यस्तै आजै बसेको मन्त्रिपरिषदको बैठकले अब मन्त्रिपरिषदका हरेक निर्णयहरु २४ घण्टा पछि मात्रै सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । यस्तै आजको बैठकले लीलादेवी गड्तौलालाई सरकारको कायममुकायम मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ ।