काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको अध्यक्षमा भवानी राणा हुने पक्का भएको छ । महासंघको आजको विशेष साधारणसभाले विधान संसोधन गर्दै उनी अध्यक्ष हुने पक्का गरेको हो ।
महासंघको विशेष साधारणसभाले विधान संसोधन गरी बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बनाएपछि राणा अध्यक्ष हुने पक्का भएको हो । स्नेहा होटलका संचालिका राणा महासंघका कार्यसमिति सदस्य, जिल्ला नगरबाट उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएकी हुन् ।
राणा महासंघको कार्यसमिति सदस्य हुँदै ११ वर्षको दौरानमा अध्यक्ष बन्न लागेकी हुन् । समाजसेवी राणा महिला उद्यमी महासंघमा पनि बष्ठि उपाध्यक्ष छिन् । हाल राणाले पर्यटन, कृषि तथा आयात निर्यात व्यवसाय संचालन गर्दै आएकि छिन् ।
आज भएको विशेष साधारण साभामा बहुमतले विधान संसोधन गरेको थियो । जसमा ८८ वटा बस्तुगतसंघ, १ सय ३ जिल्ला नगर अधिकांश एशोसिएट्स सदस्याको उपस्थिती रहेको महासंघले जानकारी दिएको छ ।
विधान संसोधन गरी बरिष्ठलाई स्वत अध्यक्ष बनाउनुका साथै संघीय संरचनामा समेत लगेको छ । संसोधित विधानअनुसार अञ्चल प्रतिनिधी र क्षेत्रीय सदस्य खारेज भएका छन् । यस्तै केन्द्रिय कार्यकारिणी समिति समेत पाँच जना थपेर ७१ जनाको बनाइएको छ । कार्यकारिणी समितिले निवाचित सदस्य मध्ये एक जनालाई कोषाध्यक्ष समेत चयन गर्नेछ ।
अवका दिन प्रदेश प्रमुखहरु पनि चयन गर्ने व्यवस्था विधानले गरेको छ । सम्बन्धित प्रदेशले नै आफ्नो प्रमुख चयन गर्नेछ ।