काठमाडौं । रोडा ढुंङ्गा तथा क्रसर उद्योगलाई संचालन गर्ने सम्वन्धमा वर्तमान मापदण्डलाई पूनरावलोकन गरिने भएको छ ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, स्थानीय विकास मन्त्री, वन मन्त्री र जनसंख्या तथा वातावरण मन्त्रीको उपस्थितीमा बसेको बैठकले वर्तमान मापदण्डलाई पूनरावलोकन गर्ने निर्णय गरेको हो ।
यसका लागी उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, वन मन्त्रालयका सहसचिव, स्थानिय विकास मन्त्रालयका सहसचिव, जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव र खानी तथा भूगर्भ विभागका महानिर्देशक रहेको एक समिति गठन गरिएको छ ।
समितिले २ हप्ता भित्र वातावरणिय प्रभावलाई समेत ध्यानमा राखि वर्तमान मापदण्ड माथि पूनरावलोकन गरी प्रतिवेदन पेश गर्नेछ ।