Logo

माधव नेपालले बहिस्कार गरे प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम

माधव नेपालले बहिस्कार गरे प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम



काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए ।

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए ।

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL