Logo

प्रधानमन्त्री ओली तथा मन्त्रीहरुले लिए शपथ, यस्तो बन्यो २१ मन्त्रीसहितको मन्त्रिपरिषद (सूचीसहित)

प्रधानमन्त्री ओली तथा मन्त्रीहरुले लिए शपथ, यस्तो बन्यो २१ मन्त्रीसहितको मन्त्रिपरिषद (सूचीसहित)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए । योसँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आजै २१ मन्त्रीको शपथ गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

मन्त्रीहरुको सूची

१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२- विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४- रमेश लेखक – गृह
५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६- आरजु राणा – परराष्ट्र
७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५- मानवीर राई – रक्षा
१६- दीपक खड्का – ऊर्जा
१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८- ऐनबहादुर शाही – वन तथा वातावरण
१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०- प्रदीप यादव – खानेपानी
२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

प्रतिक्रिया दिनुहोस्
MBL