Logo

साउनका लागि घटयो ब्याजदर, कुन बैंकको ब्याजदर कति छ ?

साउनका लागि घटयो ब्याजदर, कुन बैंकको ब्याजदर कति छ ?



काठमाडौं । नेपालमा संचालित ‘क’ वर्गका वाणिज्य बैंकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असारको तुलनामा साउन महिनाका लागि औसतमा ०.१४ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।

पछिल्लो समय बढ्दै गएको निक्षेप र कर्जा प्रवाहमा देखिएको संकुचनका कारण बैंकहरुमा तरलता फालाफालको स्थिति छ । जसका कारण वाणिज्य बैंकहरुले पछिल्ला केहि महिनादेखि लगातार ब्याजदर घटाइरहेका छन् । यो क्रम निरन्तर रहँदा बैंकहरुले साउन महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर सामान्य घटाएका हुन् ।

बैंकहरुको नयाँ ब्याजदर अनुसार औसतमा व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर अब साउन महिनाका लागि ६.७३ प्रतिशत कायम भएको छ । यसअघि असारमा यस्तो औसत ब्याजदर ६.८७ प्रतिशत तोकिएको थियो ।

यसरी साउनका लागि २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको ब्याजदर घटेको छ भने ५ बैंकहरुले असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । यस्तै २ वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।

कृषि विकास बैंक र एभरेष्ट बैंकले भने असार महिनाको तुलनामा साउनमा ब्याजदर बढाएका छन् । यता, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।

कुन बैंकको ब्याजदर कति ?

प्रतिक्रिया दिनुहोस्