Logo

एमालेबाट यी आठजना बन्ने भए मन्त्री, सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का (सूचीसहित)

एमालेबाट यी आठजना बन्ने भए मन्त्री, सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गए राति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्ग्याएको हो ।

एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । नेपाली सेयर बजारले रुचाएका एमाले उपाध्यक्ष रहेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित शपथ लिने तयारी गरेका छन् । गए राति बालकोटमा भएको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL