Logo

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, आज यी प्रदेशमा भारी वर्षा हुने

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, आज यी प्रदेशमा भारी वर्षा हुने



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसमविदले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको उल्लेख गरेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मंगलबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै बुधबार देशभर बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL