Logo

ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार ११ बजे शपथ

ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार ११ बजे शपथ



काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । कुनै ठुलो दलको हैसियतले प्रधानमन्त्रीमा दावी पेश गर्ने अन्तिम दिन आईतबार साँझ ५ सम्म उनीबाहेक कसैले दावी पेश नगरेपछि केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा यससँगै चौथोपटक नियुक्त भएका हुन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL